
काठमाडौं । ‘मिष्टर ग्लोवल’का लागि ‘मिष्टर नेपाल’ विजेता समर्पण जंग कार्की थाइल्याण्ड हुनुहुन्छ । थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिष्टर ग्लोवल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उहाँ शुक्रबार साँझ त्यसतर्फ जानुभएको थियो ।
प्रतियोगीताको फाइनल २६ नेभेम्बरमा हुँदैछ । कार्की नेपाली कलासंस्कृतिसहित प्रतियोगीतामा सहभागी हुन लाग्नुभएको हो । प्रतियोगिताका लागि उहाँको फेसन ज्वालाराज पोखरेलले तयार गर्नुभएको छ ।
थाइल्याण्ड उड्नु अगाडि एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले यो पटक प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्यसहित आफू सहभागी हुन लागेको बताउनुभएको थियो विराटनगरका कार्कीले केहीअगाडि न्युलुक ‘मिष्टर नेपाल २०२३’ को उपाधि जित्नुभएको थियो ।
उक्त उपाधिसहित उहाँले प्रतियोगितामा सहभागी अवसर प्राप्त गर्नुभएको हो । पेशाले विमान चालक कार्कीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच