19th October | 2018 | Friday | 10:26:22 PM

लामा खुट्टा भएकी रुसी युवती क्याटरिना मोडल तथा खेलाडी

  POSTED ON : Saturday, 20 January, 2018 (1:40:52 PM)

लामा खुट्टा भएकी रुसी युवती क्याटरिना मोडल तथा खेलाडी

हिमालय टाइम्स । रुसी युवती क्याटरिना लिसिना ६ फिट ९ इन्च अग्ली छन् ।उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् ।

२९ वर्षकी क्याटरिना पेशाले खेलाडी तथा मोडेल हुन् । ६ फिट ९ इन्च अग्ली यी युवती रुसकी सबैभन्दा अग्ली महिला पनि हुन् । आफ्ना खुट्टाको उचाई ५२.४ इन्च रहेको र आफू विश्वमा सबैभन्दा अग्ला खुट्टा भएकी महिला रहेको उनको दाबी छ ।

सन् २००८ मा भएको ओलम्पिकमा रुसी महिला बास्केटबल टोलीको सदस्य रहेकी उनले कास्य पदक जितेकी थिइन् ।

क्याटरिनाका बुवा आमा दुबै अलिक बढी अग्ला छन् । क्याटरिना पनि जन्मिँदै सामान्य बच्चाभन्दा फरक थिइन् ।–एजेन्सी


Views: 11