21st July | 2019 | Sunday | 4:21:28 PM

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

  POSTED ON : मंसिर ११, २०७३ (९:५९ AM)

नेपालमा लगानी गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवासीय नेपाली सङघ(एनआरएनए) अष्ट्रेलिया र अष्ट्रेलियास्थित नेपाली दूतावासद्वारा सिड्नीको पर्यटकीयस्थल डार्बिडमा आयोजित नेपाल महोत्सव उद्घाटन गर्दै मन्त्री महतले नेपालमा विकासका ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न नेपाली समुदायलाई आग्रह गरेका हुन्। उनले भने, “तपाइँहरुलाई अष्ट्रेलियासम्म आउने र यो पहिचान बनाउने अवसर आफ्नै मातृभूमिले दिएको हो । यस तथ्यलाई मनन गरी आफ्नो मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने काममा कहिल्यैपछि नपर्नुहोला । नेपाल संविधानको कार्यान्वयनमार्फत आर्थिक समृद्धि र स्थिरतातर्फ अघि बढिरहेकाले समृद्ध नेपालको निर्माणमा सघाउन संसारभर रहेका नेपालीलाई आग्रह गर्दछु ।” मन्त्री महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा यहाँ रहेका नेपालीले पुर्याएको योगदानको सराहना गरे । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ । रासस

Views: 60